19th April 2026, Sunday

भाेजपुरमा ट्याक्टरले किच्दा एककाे मृत्यु

1 वर्ष अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुरको हतुवागढी गाउँपालिका-२ घोडेटार स्थित सडक खण्डमा ट्याक्टरले किचेर कामदारको मृत्यु भएको छ ।

मंसिर १७ गते साँझ कावा खोलाबाट पराल बोकेर लुङगिन तर्फ आउदै गरेको को.२ त. ७२६८ नम्बरको ट्याक्टरमा सवार रहेका कामदार स्थानिय २२ बर्षीय एक्सन भुजेल अचानक ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किचि घटनास्थलमा नै मृत्यु भएको थियो ।

ट्याक्टर चालक सोही स्थानका २८ वर्षीय सुमन सार्कीलाई इलाका प्रहरी कार्यालय घोडेटारले नियन्त्रणमा लिएको छ भने घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको छ ।


No active ad available.


No active ad available.