31st January 2026, Saturday

भोजपुरमा समुदाय विपद स्वयंसेवक आधारभुत तालिम शुरु

1 महिना अगाडी

News by: शारदा तामाङ, भाेजपुर

No active ad available.

Post Image

भोजपुरमा १८ दिने समुदाय विपद स्वयंसेवक आधारभुत तालिम शुरु भएको छ । भोजपुर नगरपालिकाको समन्वय तथा शसस्त्र प्रहरी बल नेपाल नं.५ गुल्म हे.क्वा. टक्सार भोजपुरको आयोजनामा तालिम आजबाट शुरु भएको हो ।

तालिमको भोजपुरका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले एक कार्यक्रमका बीच उद्धघाटन गरेकाछन् । उद्धघाटन कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक शसस्त्र प्रहरी निरिक्षक रुद्र बहादुर बुढाथोकीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द राईले विपदका विषयमा आफना भनाईहरु राखेका थिए ।

तालिममा विपदको परिचय, नेपालमा घट्न सक्ने सम्भावित विपद, विपद व्यवस्थापनमा शसस्त्र प्रहरीको भुमिका, भत्केका संरचनामा गरिने खोज उद्धार लगायत विषयमा जानकारी दिइने शसस्त्र प्रहरी बल नेपाल टक्सार गुल्मका प्रमुख दिव्यराज कोइरालाले जानकारी दिए । यस्तै विपद पुर्वतयारी, प्राथमिक उपचार, जोखिम न्युनीकरण, सुरक्षा निकाय र स्थानीय स्वयंसेवकबीचको समन्व्य जस्ता विषयमा प्रयोगात्मक रुपमा नै अभ्यास गराइनेछ ।

तालिममा भोजपुर नगरपालिका भित्रका ३६ जनाको सहभागिता रहेको भोजपुर नगरपालिका विपद व्यवस्थापन शाखा प्रमुख खगेन्द्र खडकाले जानकारी दिए । तालिम पौष २४ गते सम्म भोजपुर नगरपालिकाको हलमा संचालन हुने आयोजकले जनाएको छ ।



No active ad available.


No active ad available.