31st January 2026, Saturday

भाेजपुरमा निर्वाचन प्रहरी भर्नाको म्याद थप

2 हप्ता अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुर । नेपाल सरकार गृह मन्त्रालय (निर्वाचन सेल) सिंहदरबार, काठमाडौँको निर्देशनअनुसार निर्वाचन प्रहरी भर्नाको आवेदन म्याद सकिएकाे भए पनि भाेजपुरमा भने थप गरिएको छ।

निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार प्रारम्भिक रूपमा तोकिएको अवधिमा अपेक्षाअनुसार आवेदन नपरेपछि म्याद थप गरिएको हो।

प्राप्त विवरणअनुसार २०८२ असोज ३० गतेसम्म भाेजपुरमा कुल ७७७ जनाको मात्र आवेदन परेको छ। कुल आवश्यक छनोट संख्या १०९७(नेपाल प्रहरीतर्फ १००१ र सशस्त्र प्रहरी बल ९६) माग को तुलनामा आवेदन संख्या न्यून देखिएको हाे । विशेषगरी जिल्लाकाे भौगोलिक विकटताका कारण यस्तो अवस्था आएको जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएको छ।

गृह मन्त्रालयसँगको परामर्शअनुसार अब निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद २०८२ असोज ३ गते दिनकाे ४:०० बजेसम्म थप गरिएको छ।

यसैबीच जिल्लाको शान्ति सुरक्षा अवस्था सामान्य रहेको जिल्ला प्रशासनले जनाएको


No active ad available.


No active ad available.