News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुरमा लागूऔषधसहित सात जना पक्राउ परेका छन् ।
लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–७ स्थित २४ वर्षीय संजय राई, सोही स्थानका १९ वर्षीय मौसम राई, भोजपुर–९ का २० वर्षीय रेन्जी शेर्पा, भोजपुर–५ का २० वर्षीय संगित राई, भोजपुर–७ का २० वर्षीय युकेश राई, १९ वर्षीय उचित राई र भोजपुर–६ का २९ वर्षीय दिपेश राई छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका–७ स्थित संजय राईको कोठाबाट ३ ग्राम ४ सय ७० मिलिग्राम ब्राउन सुगर, १८ ग्राम गाँजा र ७० हजार नगद बरामद गरेको छ ।
उनीहरूकाे सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’