News by: Khulla Awaj
No active ad available.
भोजपुर । भोजपुरमा कुटपिटबाट एक शिक्षकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार खोटाङको केपिलासगढी गाउँपालिका–७ का ३९ वर्षीय भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको हो।
राई आफ्नै गाउँको स्थानीय सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा शिक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भदौ १२ गते राति करिब ११ः४५ बजे भोजपुरको साल्पासिलिछो गाउँपालिका–५, माबुस्थित भदौरे मेलामा घटना भएको हो। मेला घुम्न आएका राईलाई पुरानो विवादको विषयलाई लिएर कुटपिट गरी ढुंगासमेत प्रहार गरिएको र त्यसपछि बाटोछेउमा मृत अवस्थामा फेला परेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले तत्काल खोजतलास गरी ११ जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका–७ का २१ वर्षीय प्रवेश भनिने सागर कोयी राई, २१ वर्षीय मोली भनिने प्रतीक राई, २५ वर्षीय माइकल भनिने निशान राई, २३ वर्षीय सुशील राई, ३२ वर्षीय शेरबहादुर भनिने अमर राई, ३० वर्षीय उमेश भनिने उमेश दुमी राई, ३५ वर्षीय तारादेवी राई, ४८ वर्षीय सुमिता राई, ४३ वर्षीय तेजकुमारी राई, १९ वर्षीय देविका राई र २० वर्षीय चन्द्रकला राई रहेका छन्।
प्रहरीले पक्राउ परेकाहरूलाई जिल्ला अदालत भोजपुरबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’