27th July 2026, Monday

भोजपुरमा गुणस्तरीय निर्माण गर्न निर्देशन दिने सव–इन्जिनियरमाथि कार्यस्थलमै सामूहिक आक्रमण

3 हप्ता अगाडी

News by: खुल्ला आवाज, भाेजपुर

No active ad available.

Post Image

भोजपुरमा विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन निर्देशन दिएका पूर्वाधार विकास कार्यालय भोजपुरका सव–इन्जिनियर आनन्दकुमार शाहमाथि कार्यस्थलमै सामूहिक रूपमा आक्रमण भएको छ।

भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बाँसिखोरा–बालाङ्खा–रानिटार सडकअन्तर्गत रामप्रसादराई गाउँपालिका–७ स्थित ढडुवा–आरीखोला सडक निर्माण आयोजनाको स्थलगत अनुगमनका क्रममा प्राविधिक मापदण्डअनुसार गुणस्तर कायम गर्न निर्देशन दिएपछि स्थानीय कामदारको एक समूहले उहाँमाथि निर्घात कुटपिट गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार सव–इन्जिनियर शाह नियमित अनुगमनका क्रममा निर्माणाधीन सडकको निरीक्षण गरिरहेका थिए। निरीक्षणका क्रममा सडक निर्माणमा प्रयोग भइरहेको सामग्री तथा कार्यसम्पादन प्राविधिक मापदण्डअनुसार सुधार गर्न निर्देशन दिएपछि विवाद उत्पन्न भएको र त्यसलगत्तै उहाँमाथि सामूहिक रूपमा आक्रमण भएको हो।

कुटपिटबाट शाहको टाउकोमा गम्भीर चोट लागेको छ। उहाँको टाउकोमा पाँच वटा टाँका लगाइएको छ भने शरीरका विभिन्न भागमा चोटपटक र निलडाम देखिएको छ। जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उहाँलाई विराटनगर रेफर गरिएको छ।


मुख्य समाचार

No active ad available.


No active ad available.