10th September 2026, Thursday

भोजपुरमा गाँजा फडानी

1 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर, १३ भदौ । भोजपुरमा प्रहरीले करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको अवैध लागूऔषध गाँजा फडानी गरी नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुर मातहतका इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले आमचोक गाउँपालिका–८ तथा हतुवागढी गाउँपालिका–१, ७ र ९ का विभिन्न स्थानमा रोपिएको तथा आफैं उम्रिएको गाँजा फडानी गरेको हो।

प्रहरीका अनुसार विभिन्न पाखाबारीमा फैलिएको करिब ७४० बोट गाँजा उखेलेर, काटेर तथा भाँचेर जलाइ नष्ट गरिएको छ।


No active ad available.


No active ad available.