News by: Khulla Awaj
No active ad available.
भोजपुर । भोजपुरको जरायोटारमा दुर्घटना भएको छ । अरुण गाउँपालिका ६ जरायोटारको माझिटारमा एम्वुलेन्स र वोलेरो एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परि एम्वुलेन्समा सवार पौवादुङमा गाउँपालिका ३ का पदम खत्री घाईते भएका छन् ।
घाईते खत्रीलाई भोजपुरबाट धरान जादै गरेको एम्वुलेन्समा धरान पठाईएको प्रहरीले जनाएको छ । घाईते खत्रीको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङका प्रहरी निरिक्षक प्रभु खत्रीले बताए ।
पौवादुङमा गाउँपालिकाबाट विरामी वोकेर धरान जादै गरेको को १ झ ६६३ नम्बरको एम्वुलेन्स र धरानबाट आउदै गरेको को १ ज ३१६२ नम्बरको वोलेरो ठोकीदा दुर्घटना भएको हो । एम्वुलेन्समा ३ जना सवार थिए भने वोलेरोमा ७ जना सवार रहेकाथिए
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना
भोजपुर नगरपालिका ५ बोखिममा चाेरी