News by: Khulla Awaj
No active ad available.
भाेजपुर । रामप्रसादराई गाँउपालिका-२ को धोद्लेखानीमा एकै परिवारका चार जनाकाे हत्या भएकाे छ ।
भाेजपुर नगरपालिका-२ हेलाैछा घर भएका ज्वाई राजेन्द्र राईले ससुराली चार जनाकाे हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भाेजपुरले जनाएको छ ।
प्रहरीका अनुसार ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको छ ।
प्रहरीका अनुसार ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र नौ वर्षिया सालो सपनसहित चार जनाको हत्या गरेको हुन सक्ने जनाएको छ ।
घाइते अवस्थामा भेटिएका राईले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई भने उपचारका लागि जिल्ला अस्पताल भोजपुरमा लगिएको जनाइएको छ ।
गए राती करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएकोले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिएको जनाएकाे छ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’