News by: खुल्ला आवाज
No active ad available.
भोजपुरको सगरमाथामा मावि घोरेटारमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विश्व क्यान्सर दिवशको अवसरमा नेपाल अबुर्द रोग निवारण संस्था भोजपुर घोरेटारको आयोजनामा प्रतियोगिता आज सम्पन्न भएको हो ।
क्यान्सरजन्य कुलत न्यूनीकरणमा विद्यार्थीको भुमिका विषयक प्रतियोगितामा सगरमाथा माविका छात्रा सजिना राई प्रथम हुनु भएको छ ।
यस्तै शान्ति निकेतन माविका छात्र सिमोन राई दोस्रो , जनज्योति माविकी सुमिरा राई तेस्रो तथा क्षमता माविकी सुजता मगरले सान्त्वना स्थान हासिल गर्नु भएको छ ।
विजेतालाई प्रमुख अतिथि हतुवागढी गाउपालिकाका अध्यक्ष प्रेम कुमार राईले पुरस्कार बितरण गर्नु भएको थियो ।
विजयी प्रथम दोस्रो तेस्रो तथा सान्त्वना हुनेले क्रमश ५ हजार, ४ हजार ,३ हजार र १ हजार प्रदान गरिएको नेपाल अवुर्द रोग निवारण संस्थाका सचिव तारानाथ पराजुलीले जानकारी दिनु भयो ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’