17th August 2026, Monday

आमचोक गाउपालिका द्वारा उत्कृष्ट विद्यालय र विद्यार्थीलाई नगदसहित सम्मान

1 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर, आमचोक गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याउने विद्यालय तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयका रूपमा श्री सरस्वती माध्यमिक विद्यालय आमचोक–२, भोजपुर लाई सम्मान–पत्रसहित नगद रु. ५० हजार प्रदान गरेको हो। विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा खेलेको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

त्यसैगरी, श्री शिक्षा क्षमाकन्या माध्यमिक विद्यालय, का विद्यार्थी प्रज्वल भण्डारी माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा जीपीए ३.४१ प्राप्त गरी गाउँपालिकाभित्रकै सर्वोत्कृष्ट नतिजा हासिल गरेको भन्दै सम्मान–पत्रसहित रु. २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ।

गाउँपालिकाले यस्ता सम्मान तथा पुरस्कार कार्यक्रमले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना हुनुका साथै विद्यार्थी र शिक्षकलाई थप उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि शैक्षिक सुधार, गुणस्तरीय शिक्षा र उत्कृष्ट उपलब्धिलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


मुख्य समाचार

No active ad available.


No active ad available.