20th March 2025, Thursday

भोजपुरमा माओवादीको रुपान्तरण अभियान : ८१ वडामानै विभिन्न कार्यक्रम

1 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । नेकपा माओवादी केन्द्रले शुरु गरेको तीन महिने पार्टी रुपान्तरण अभियान भोजपुरको ८१ वटै वडामा विभिन्न कार्यक्रम गरी उद्घाटन भएको छ ।

जिल्लाका सवै वडामा केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला नेताहरुलाई विभिन्न वडाको जिम्मेवारी दिएर कार्यक्रमका लागि परिचालन गरिएको छ । सरसफाई तथा वृक्षरोपन, बाटोघाटो निर्माण, सन्देशमुलक प्रचारसामग्री जस्ता कार्यक्रम गरेर तीन महिने अभियानको शुरुवात गरिएको भोजपुर जिल्ला सचिव बलभद्र राईले बताए । 

६ वडा रहेको भोजपुरको साल्पासिलिछो गाँउपालिकामा पर्शु थापा, सुरेन्द्र राई, महेश राई, खगेन्द्र राई, मुकुन्द राई र प्रेम राईको नेतृत्वमा अभियानको उद्घाटन भएको हो । यता १४ वडा रहेको षडानन्द नगरपालिकामा दलबहादुर गिरि, डम्वर घले, योगन्द्रका कार्की, राजेश खतिवडा, कुमार चर्मकार, दुर्गाजयन्ती राई, बुद्धसिंह राई, राजेन्द्र राई , राजनविक्रम राई, हर्कराज राई, किरण राई, हर्क सुन्दास, र यङगराज राईले नेतृत्व गरेका छन् । 

माओवादी केन्द्र भोजपुरका अनुसार अरुण गाउँपालिकामा शरण तामाङ, ईन्द्र पुलामी, कुमार थापा, डिल्लीराम अधिकारी, नगेन्द्र भुजेल, गणेश टक्का राई, ईन्द्रसुर बेल्टारेले विभिन्न वडामा नेतृत्व लिएका छन् । पौवादुङमा गाउँपालिकामा करण मुक्मिन, अनिषा खड्का, दिनेश खत्री, राम मगर, धु्रव बुढाथोकी, सम्झना राईले विभिन्न वडाको जिम्मेवारी लिएका छन् । भोजपुर नगरपालिकामा विमल खड्का, बेनुप खत्री, जगत तामाङ, बबिन्द्र रसाईली, भवकृष्ण घिमिरे, सुर्य गोले, सम्झना राई र

Post Image
शिव बहादुर बस्नेतको नेतृत्वमा अभियान उद्घाटन भएको हो । 

टेम्केमैयुङ गाउँपालिकामा श्यामु राई, संगम राई, हेमन्त राई, विष्णु बस्नेत, प्रदीप राई, उद्धव राई, कमल श्रेष्ठ, जगत राई, थामबहादुर राईले नेतृत्व लिए । रामप्रसाद राईमा भने मनिका राई, बाजेन्द्र किराती, बाबुराम बन्जरा, डिकमान राई, अनिल राई, चन्द्र मगर, बलभन्द्र राई र सुरेस राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भयो । आमचोक गाउँपालिकामा सिता राई, अमेम्बर राई, धनकुमार राई, विनोद किरात, रामप्रसाद राई, नविन किराती, राजेश राई, सन्तोेष राई, बमबहादुर श्रेष्ठ र बाल्दिप राईको नेतृत्वमा सवै वडामा कार्यक्रम भयो । यता हतुवागढी गाउँपालिकामा भने दिलकुमार राई, जमानसिह राई, अशोक राई, श्याम हाङिखम, विश्वजित राई, प्रविण राई र केशरमान राईको नेतृव्वमा विभिन्न वडामा कार्यक्रम भयो । 

गएको साउन तेस्रो हप्ता बसेको पार्टीको केन्द्रीय समिति बैठकले माओवादीमा रुपान्तरणको आवश्यकता भएको ठानेर जनतामा जाने निर्णाय लिएको थियो । घरघरमा पुगेर सरकारले गरेका सकारात्मक कामका बारेमा जानकारी र पार्टी निर्माण अभियानमा सवै केन्द्रीय सदस्यलाई वडाको जिम्मेवारी दिएर तीन महिना अभियान चलाउने माओवादीको निर्णाय थियो । केन्द्रीय सदस्यहरुलाई भने भुगोल परिवर्तन गरेर जिम्मेवारी दिईएको छ । मन्त्री समेत रहेका भोजपुर जिल्ला ईन्चार्ज सुदन किराती मोरङको बेलबारीको जिम्मेवारीमा छन् भने पोलिटव्युरो सदस्य अजम्वर काङमाङ राई सुनसरीको धरान उपमहानगरपालिकाको जिम्मेवारीमा छन् । 

Post Image
Post Image
Post Image

No active ad available.


No active ad available.