News by: Khulla Awaj
No active ad available.
काठमाडौँ ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति देशका पाँच प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश भूभागमा बादल लागेको छ। सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ। यीमध्ये धेरै स्थानमा हल्का वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत हल्का वर्षा भइरहेको छ।
शुक्रबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने अति भारी वर्षा हुनसक्ने महाशाखाको अनुमान छ। मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरीको समेत जोखिम रहेको छ।
शनिबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’