21st November 2025, Friday

##education#student

विद्योदय मा.वि.मा पूर्व विद्यार्थी भेला सम्पन्न, सहयोग समिति गठन

2 महिना अगाडी

News by: शारदा तामाङ, भाेजपुर

No active ad available.

Post Image

भोजपुर – जिल्लाको ऐतिहासिक विद्यालय विद्योदय माध्यमिक विद्यालयमा शुक्रबार पूर्व विद्यार्थी भेला सम्पन्न भएको छ। भेलाको प्रमुख आतिथ्य भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश कुमार आले रहनुभएको थियो।


विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीलाई संगठित गर्ने उद्देश्यले आयोजित भेलाले किशोर कुमार ताम्राकारको अध्यक्षतामा ११ सदस्यीय सहयोग समिति गठन गरेको छ।


विद्यालयका प्रधानाध्यापक खोमराज धमलाका अनुसार समितिका सदस्यहरूमा नविन प्रधान, शैलेन्द्र कार्की, विनम श्रेष्ठ, नविन बुढाथोकी, रविन राई, बद्रि श्रेष्ठ, निरादेवी प्रधान, रक्तम राई, यदुकुमारी सुवाल र बाबुराम ओझा रहेका छन्।


यसैगरी, समितिलाई सहयोग गर्ने उद्देश्यले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। जसमा नगरप्रमुख कैलाश कुमार आले, पूर्व प्रधानाध्यापक चन्द्र कुमार उदास, पूर्व विद्यार्थी ध्रुवलाल श्रेष्ठ, उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष बद्रि कुमार श्रेष्ठ, र पूर्व विद्यार्थी कालुराम राई रहेका छन्।


भेलाले यही असोज–कार्तिक महिनाभित्र काठमाडौंमा बृहत भेला आयोजना गरी ‘पूर्व विद्यार्थी मञ्च’लाई औपचारिक संरचना दिने निर्णय गरेको छ।


११ सदस्यीय सहयोग समिति

अध्यक्ष : किशोर कुमार ताम्राकार

सदस्य : नविन प्रधान, शैलेन्द्र कार्की, विनम श्रेष्ठ, नविन बुढाथोकी, रविन राई, बद्रि श्रेष्ठ, निरादेवी प्रधान, रक्तम राई, यदुकुमारी सुवाल, बाबुराम ओझा


५ सदस्यीय सल्लाहकार समिति

कैलाश कुमार आले

चन्द्र कुमार उदास

ध्रुवलाल श्रेष्ठ

बद्रि कुमार श्रेष्ठ

कालुराम राई





No active ad available.

अन्य खबर


No active ad available.