News by: शारदा तामाङ, भाेजपुर
No active ad available.
उद्योग बाणिज्य संघ भोजपुरको अध्यक्षमा बद्रीकुमार श्रेष्ठ निर्वाचित भएकाछन् । अध्यक्षका अर्का प्रत्यासी निरकुमार विश्वकर्मालाई ,४६ मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएकाहुन् ।
विश्वकर्माले १ सय १२ मत प्राप्त गर्दा श्रेष्ठले १ सय ५८ मत प्राप्त गरेकाछन् । संघको प्रथम उपाध्यक्षमा श्रेष्ठ प्यानलकै प्रकाश श्रेष्ठ , दितिय उपाध्यक्षमा बद्री कुमार श्रेष्ठ निर्वाचित भएकाछन् । भने महासचिवमा विश्वकर्मा प्यानलबाट बिन्द्र कुमार राई निर्वाचित भएकाछन् ।
यस्तै कोषाध्यक्षमा श्रेष्ठ प्यानलको जिबन कुमार श्रेष्ठ, सचिबमा स्वतन्त्र उम्मेद्धार बिमल रणपहेलि निर्बाचित भएकाछन् । अन्य सदस्यहरुमा भने दुबै प्यानलबाट मिश्रित नतिजा आएकाे छ ।
नवनिर्वाचित अध्यक्ष बद्रि कुमार श्रेष्ठले सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिँदै आफनो कार्यकालमा उद्योगी, व्यवसायीहरूको हक, हित र सेवामा निरन्तर लागी पर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योग, व्यापार, व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न आफू निरन्तर लागी पर्ने बताए ।
आगामी नेतृत्वका लागि आईतवार विहान ८ बजेबाट दिउसो ३ बजे सम्म मतदान भएके थियो । ३ सय २० कुल मतदाता रहेको संघमा २ सय ७९ मत खसेको थियो ।
निर्वाचन समितिका संयोजक बेनुबहादुर कार्कीका अनुसार संघको १५ पदका लागि ३० जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’