News by: खुल्ला आवाज
No active ad available.
बोलेरो जिप अरुण नदीमा खसेकाेछ । सङ्खुवासभाको तुम्लिङ्टारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको प्रदेश १–०२–००२च४१०३ नम्बरको जिप अरुण नदिमा खसेकाे हाे ।
साेमवार दिउसाे २ वजे तिर धर्मदेवी नगरपालिका–८ सुर्तीवारीमा जिप खस्दा ३ जना घाइते भएका छन्।
घाईते हुनेमा मकालु गाउँपालिका–५ का चालक २० वर्षीय किरण गुरुङ, खाँदबारी–९ का ४१ वर्षीय रमेश राई र पैदलयात्री चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डे घाइते भएको प्रहरीले वताएकाेछ ।
घाईते भएकाहरूको खाँदबारी नगरपालिका ९ मा रहेको मनकामना अस्पतालमा उपचार भइरहेकाे छ । पैदलयात्री पाण्डेलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएको खुलेको छ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र एकजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीकाे अनुसार जिप अरुण नदीमा डुबेको र झिक्न सक्ने अवस्था नरहेकाे वताएकाेछ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’