News by: Khulla Awaj
No active ad available.
काठमाण्डौ । सरकारले चाडपर्व दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले असोज २१ देखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
‘दशैं, तिहार र छठ पर्वका लागि २१असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले भने, ‘सहुलियतपूर्ण पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने छन् ।
सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना
भोजपुर नगरपालिका ५ बोखिममा चाेरी