News by: Khulla Awaj
No active ad available.
दाङ । दाङको देउखुरीमा अबस्थित आदर्श नमुना माद्यमिक विद्यालयभित्र एक दृष्टिविहीन बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका– २ मा रहेको आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने दृष्टिविहीन १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले आर्दश विद्यालयका कार्यालय सहयोगी तथा बसका सह–चालक रामबहादुर खनाल लाई पक्राउ परेकाहुन् ।
उनलाई आइतबार बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वल बहादुर सिंहले जानकारी दिए । खनालले भदौ ४ गते बालिकामाथि बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ ।
बालिका सोही विद्यालयको दृष्टिविहीन पढ्ने विद्यालयमा पढ्दै आएकी थिइन । विगत पाँच वर्ष देखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरी स्रोतले जनाएको छ ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना