1st May 2026, Friday

दिङलामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु र चार जना घाइते

6 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुर, कात्तिक १५ —

भोजपुरको षडानन्द नगरपालिका–४ दुबेमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।


शनिबार बिहान करिब ११ बजे चाम्लादाङबाट दिङला तर्फ आउँदै गरेको प्रदेश नं. १–०२–००३ त १२१३ नम्बरको लकडी लोड गरिएको ट्याक्टर सडकबाट करिब ३० मिटर तल खस्दा चालकसहित ६ जना सवार थिए। ट्याक्टर अनियन्त्रित भएर खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।


मृत्यु हुनेमा


२५ वर्षीय आईत बहादुर तामाङ, चालक, स्थायी ठेगाना षडानन्द नगरपालिका–४ केराबारी


१७ वर्षीय नविन तामाङ, स्थायी ठेगाना अरुण गाउँपालिका–४ चरम्बी रहेका छन्।


घाइतेहरूमा


१९ वर्षीय दाछिरि शेर्पा, ऐ.१३ बस्ने, दाहिने तिघ्रा फ्याक्चर, अनुहार र हातमा चोट, अवस्था मध्यम

२२ वर्षीय अम्बर तामाङ, ऐ.ऐ. बस्ने, टाउकोमा चोट, अवस्था सामान्य

१८ वर्षीय सागर तामाङ, ऐ.ऐ.१० बस्ने, बाँया खुट्टामा चोट, अवस्था सामान्य

१८ वर्षीया सुनिता तामाङ, ऐ.ऐ. बस्ने, दुबै खुट्टा र बाँया हातमा चोट, अवस्था सामान्य रहेका छन्।

घाइते सबैलाई दिङला नगर अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त ट्याक्टर हाल घटनास्थलमै रहेको र उठाउने काम तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको प्रहरीले जनाएको छ।


दुर्घटनाको कारण प्रारम्भिक रूपमा ट्याक्टर अनियन्त्रित भएको अनुमान गरिएको छ।






No active ad available.


No active ad available.