19th May 2025, Monday

षडानन्दमा दुइ संगठन सँग एकल चुनाव लड्दै अखिल क्रान्तिकारि

2 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

स्वतन्त्र विधार्थि युनियन (स्ववियु) निर्वाचनका लागि षडानन्द वहुमुखि क्याम्पस दिङ्लामा दुई प्यानल विच प्रतिष्पर्धा हुने भएकाेछ । अनेरास्ववियु र नेविसंघ र अखिल क्रान्तिकारी विच प्रतिष्पर्धा हुने भएकाे हाे ।

अनेरास्ववियु, नेविसंघकाे साझा प्यानल सग अखिल क्रान्तिकारी एकल चुनावि मैदानमा रहेकाे अखिल क्रान्तिकारि जिल्ला ईन्चार्ज माैसमचन्द्र राईले जानकारीदिए ।

सांगाठानिक एकताकाे हिसावमा अनेरास्ववियु, नेविसंघकाे साझा प्यानल धेरै देखिएता पनि एकल हिम्मत गरेर चुनावि प्रकृयामा मनाेनयन दर्ता गराएकाे क्रान्तिकारिकाे मतदाता संख्या प्रतिष्पर्धि प्यानललाई भारि भएकाे ईन्चार्ज राईले वताए ।

क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिमा अनेरास्ववियुले अध्यक्ष जसमा दिनेश विक , नेपाल विद्यार्थी सङ्घले सचिव संचिता राई र अनेरास्ववियु वाट कोषाध्यक्ष मा ममता राई लाई अगाडि वढाउदै पद वाडेकाछन् ।

अखिल क्रान्तिकारीले अध्यक्षमा आदेश राई, काेषाध्यक्षमा शक्तिवल राईलाई अघि सारेकाेछ । षडानन्द वहुमुखि क्याम्पसमा एक सय ९२ मतदाता रहेका छन् ।



No active ad available.


No active ad available.