24th January 2026, Saturday

##जेन्जि

संविधान दिवसमा ‘Gen-Z आन्दोलन र नेपालको राजनीति’ विषयक अन्तरसंवाद कार्यक्रम

4 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर, संविधान दिवसको अवसर पारेर ‘Gen-Z आन्दोलन र नेपालको राजनीति’ विषयक अन्तरसंवाद कार्यक्रम भोजपुरमा सम्पन्न भएको छ।

अखिल (क्रान्तिकारी) जिल्ला कमिटी, भोजपुरको आयोजनामा सम्पन्न सो कार्यक्रममा हालको राजनीतिक परिस्थितिमा युवा पुस्ताको भूमिका, आन्दोलनको आवश्यकता र सम्भावित बाटाहरूबारे छलफल गरिएको आयोजक अखिल (क्रान्तिकारी) जिल्ला कमिटी, भोजपुरले बताएकाे छ।

कार्यक्रममा प्राध्यापक तथा राजनीतिक विश्लेषक शकि राज राईले वपभिन्न कालखण्डकाे राजनितिक परिवर्तन सगै पछिल्लाे जेन्जि आन्दाेलन आन्दाेलनले उठाएका विषय र नेपालकाे राजनीतिक आन्दोलन र अबको बाटोकाे विषयमा विचार राखेका थिए। त्यसैगरी अधिवक्ता तिर्थकुमार राईले ‘संवैधानिक संकट: अबको निकास’ विषयमा आफ्ना विचार राखेका थिए।

वक्ता र सहभागीहरूले हालको संवैधानिक संकट, राजनीतिक दलप्रतिको युवाको असन्तुष्टि, र नयाँ पुस्ताको नेतृत्वमा सम्भावित परिवर्तनबारे गम्भीर छलफल गरेका थिए।

कार्यक्रमले युवापुस्ताको सक्रिय सहभागिता र लोकतान्त्रिक प्रक्रियामा उनीहरूको योगदानलाई प्रभावकारी बनाउने विषयमा बहस चलाएको आयोजकको भनाइ छ।





No active ad available.

अन्य खबर


No active ad available.