13th February 2025, Thursday

साधना देवी प्रहरी पराक्रम पुरस्कार प्रहरी सहायक निरीक्षक मगरलाई

1 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

बिराटनगर । साधना देवी प्रहरी पराक्रम पुरस्कार वाट प्रहरी सहायक निरीक्षक किरण मगर पुरस्कृत भएकाछन् । यस बर्षको १ लाख धनराशीको नवौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार वाट प्रहरी सहायक निरीक्षक  मगर पुरस्कृत भएकाहुन् ।

प्रदेश भित्रका प्रहरी मध्येवाट उत्कृष्ट कार्य गर्ने प्रहरीलाई ६८ औ प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले पुरस्कृत गरेको हो ।

 

मगरले ताप्लेजुङको कन्चन मनि ट्रान्सफरबाट रकम र गहना चोरी गर्ने गिरोह, धरान आसपासमा श्रृखलाबद्ध लुटपाट गर्ने गिरोहलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले  पुरस्कृत गरेको हो ।

 

वर्षभरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गरिदै आएकोछ । 

प्रहरी सहायक निरिक्षक मगरलाई एक कार्यक्रमका विच   साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठले १ लाखको  चेक तथा प्रशंसा–पत्र प्रदान गरेकाछन् । 

 

पुरस्कृत प्रहरी सहायक निरीक्षक मगरले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरि संगठनले सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् ।



No active ad available.