19th April 2026, Sunday

सञ्चारकर्मी शारदा तामाङको "तिमीसँग हिड्ने चाहना मेरो’ : गीत सार्वजनिक हुँदै

1 हप्ता अगाडी

News by: खुल्ला आवाज

No active ad available.

Post Image

सञ्चारकर्मि शारदा तामाङ को स्वरमा सजिएको नयाँ म्युजिक भिडियोतिमीसँग हिड्ने चाहना मेरोचाँडै सार्वजनिक हुने भएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै गीत छिट्टै रिलिज हुने जनाएको हो

शारदा तामाङको सुमधुर आवाजमा रहेको यस गीतले प्रेम, भावनासम्बन्धका संवेदनशील पाटा समेट्ने प्रयास गरेको छ ।


गीतका शब्द विपिन किरणले लेखेका हुन् भने संगीत दीपक शर्माले तयार पारेका छन्एरेञ्ज कुशल सिंह निएलको रहेको छ ।

म्युजिक भिडियोमा गरिमा शर्मासुरेश कोहलीको अभिनय देख्न सकिनेछभिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन्छायांकन भुपेन्द्र थापा मगरले गरेका छन् भने सम्पादन तथा रङ संयोजन माधव बेल्बासेको रहेको छ ।

त्यसैगरी, मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्भिडियो ‘ए वन म्युजिशियन स्टुडियोमा तयार पारिएको हो भने पोस्टर निर्माण इम्प्याक्ट प्रोडक्सन स्टुडियोले गरेको जनाइएको छ ।

निर्माण टिमका अनुसार गीतले प्रेमजीवन यात्राका भावनात्मक अनुभूति प्रस्तुत गर्नेछ । गायिका तामाङ नेपाल पत्रकार महासंघ भाेजपुरकी उपाध्यक्ष समेत हुनुहुन्छ ।

No active ad available.


No active ad available.