22nd April 2025, Tuesday

सानोदुम्मा माविमा ई–लर्निङ सेन्टर स्थापना

1 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको सानोदुम्मा माध्यमिक विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । विद्यार्थीहरुलाई समय सापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ई–लर्निङ सेन्टर स्थापना गरिएको हो ।

इश्वर मन्दिर काठमाण्डौँ अभियानले विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । इश्वर मन्दिरले २० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी र एक थान वाईफाई सेट वितरण गरेर यहाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।

विद्यालयमा रु.आठ लाख बराबरको सामग्री वितरण गरेर सेन्टर सञ्चालनमा ल्याइएको इश्वर मन्दिर काठमाण्डौँका महासचिव संकेत कोइरालाले जानकारी दिनुभयो ।

ई–लर्निङ सेन्टर स्थापनाले विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढकालले बताउनुभयो ।

आवश्यकताका आधारमा विद्यालय समय र विद्यालय भन्दा अन्य समयमा पनि समूह निर्माण गरेर प्राविधिमैत्री शिक्षण गराइने उहाँले जानकारी दिनुभयो ।

“हाम्रो विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गर्न सफल भएका छौँ” उहाँले भन्नुभयो,“सेन्टर स्थापनाले विद्यार्थीहरुलाई समय सापक्ष प्रविधिमैत्री शिक्षण गराउन सहज भएको छ ।


No active ad available.


No active ad available.