News by: Khulla Awaj
No active ad available.
नेकपा एमलेका सांसद गोकर्ण विष्ट सरकारले दिँदै आएको सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्ने बताएका छन् ।
सामाजिक सुरक्षाको दायरा अहिलेको जस्तै फराकिलो हुँदै जाँदा राज्यले थेग्न नसक्ने भन्दै उनले यसलाई आगामी बजेटले समीक्षा गर्नुपर्ने उल्लेख गरेका हुन् ।
बजेटको सिद्धान्त तथा प्रथामिकताबारेको छलफलमा भाग लिँदै उनले अब सबै वर्ग भन्दा लक्षित वर्गलाई मात्रै केन्द्रित गर्ने गरी लक्ष्य पुनरावलोकन गर्नुपर्ने उल्लेख गरे ।
सांसद विष्टले अबको बेरोजगारी सम्बोधन बजेटको पहिलो मुद्दा हुनुपर्ने बताए । प्रत्येक वर्ष १४ देखि २५ वर्ष उमेर समूहको श्रमशक्ति प्रत्येक वर्ष ५ लाखको हाराहारीमा श्रम बजारमा आउने गरेको र प्रत्येक महिना ६५ हजार बिदेसिन गरेको भन्दै यसलाई सुधार गर्नुपर्ने उनले बताए । (राताे पाटि वाट साभार)
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’