24th October 2026, Saturday

रास्वपाकाे रक्तदान कार्यक्रम सम्पन्न

3 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुर नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन्।

बुधबार शहीद पार्क टुँडिखेलमुनि आयोजित कार्यक्रममा पार्टीका पदाधिकारीसहित स्थानीयको सहभागिता रहेको थियो। जिल्ला अस्पतालमा रगतको अभाव भइरहेका बेला त्यसलाई कम गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको नगर सभापति गणेश तामाङले बताउनुभयो।

कार्यक्रममा जिल्ला अस्पतालस्थित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो।



No active ad available.