19th May 2025, Monday

रामप्रसादराई गापा द्वारा आगलागि पिडितलाई राहत

2 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुर, ५ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । सोमबार जंगलको डढेलो बस्तीमा पस्दा घर,गोठ जलेका रामप्रसादराई ४ केराबारीका अग्नी पीडितलाई राहत वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष थामबहादुर राई र उपाध्यक्ष विरेन्द्र राई गतराति नै आगलागीको भएको स्थलमा पुगेर पीडितलाई राहत वितरण गर्नु भएको हो ।

गाउँपालिकाले पूर्ण क्षति भएका पीडितलाई तत्कालको लागि प्रति परिवार दुई बोरा चामल, एक थान त्रिपाल, दुई/दुई किलोग्रामका दरले दाल, चिनी, चिया, नुन र दश पोका तेल वितरण गरेको हो ।

त्यस्तै वडाले प्रतिपरिवार दुई बोरा चामल, दश पोका तेल, एक काटुन चाउचाउ, दुई/दुई किलोग्राम दाल र नुन वितरण गरेको वडाध्यक्ष बाबुकुमार राईले जानकारी दिनुभयो । गाउँपालिकाले आंशिक क्षति भएका तीन परिवार एक/एक थान त्रिपाल वितरण गरेको छ ।

(समाचार स्राेत खवर सन्सार डटकम )

No active ad available.


No active ad available.