23rd October 2026, Friday

पौवादुङ्मामा पहिरोले सडक अवरुद्ध, जेसीबी लगाएर खुलाइयो

3 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिका–२ कोतगढीस्थित तिवारीभञ्ज्याङ–मानेडाँडा भित्री पक्की सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

अविरल वर्षाका कारण शनिबार राति सडक माथिको भिरबाट लेदो, ढुङ्गा र माटोसहितको पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

पहिरो खसेको सूचना आइतबार बिहान करिब ८ः३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङका प्रहरी निरीक्षक मिलन थापाको कमाण्डमा ९ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

पहिरोका कारण मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित पक्षको समन्वयमा जेसीबी प्रयोग गरी पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा ल्याइएको छ।



No active ad available.