3rd October 2024, Thursday

पौवादुम्मा एक श्यामशिला वडा कार्यालयमा तालावन्दि

4 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

पौवादुम्मा गाउपालिका वडानम्वर एक श्यामशिलाको वडा कार्यालयमा स्थानियहरुले तालावन्दि गरेकाछन । वडामा सञ्चालित महिला लक्षित कार्याक्रममा चरम अनियमितता भएको भन्दै छानविनको मागगर्दै वुधवार ताला लगाएकाहुन् ।

संघर्ष समितिले आर्थिकवर्ष ०८०—०८१ को पालिका स्तरीय महिला विकासवोर्ड मार्फत सञ्चालित महिला लक्षित कार्यक्रममा अनियमितता भएको वुधवार पत्रकार सम्मेलन मार्फत विज्ञप्ति जारीगर्दै जानकारी गराएकोछ ।

महिला लक्षित गड्यौलेमल वनाउनका लागि सञ्चालित कार्यक्रममा कार्यपालिका सदस्य पोसि शेर्पाले एकलौटि तवरले मनोमानि ढङगले काम गरेको र पारदर्शि नभएको विज्ञप्तिमा उल्लेख गरीएकोछ । विक्षप्तिमा गड्यौले मल वनाउन कार्यपालिका सदस्य पोसि शेर्पाको संयोजकत्वमा टोल समुहहरुलाई चाहिने सामाग्री एकल निर्णय गर्दै आफु खुसिले ढुवानि गरी उपलव्ध गराईएकाे र पारदर्शि नरहेको उल्लेख छ ।


पालिकाको ५० प्रतिशत र कृषक वाट ५० प्रतिशतको कार्यमा तिन लाख वरावरको गड्यौले मल निर्माण वनाउन प्रत्येक टोलमा दश वटा समुह निर्माण गरीएको थियो ।

वडा अध्यक्ष राजेन्द्र तामाङ सहित समुहका सदस्य तथा सामाजिक अगुवा राजनितिक दल विच भएको छलफलमा पोशि शेर्पाले गल्ति गरेको महशुस गरे पनि विल भर्पाई विना सार्वजनिक लेखापरीक्षण समुहमा नगराईएको वताईएकोछ ।

यता वडा अध्यक्ष राजेन्द्र तामाङले भने यो योजना पालिका वाट सञ्चालित भएकाले पालिका,पोशि शेर्पा सम्वन्धित समुहहरु र सम्वन्धित सेवा सुविधा लिने समुहहरुविच वाटै यसको निर्याैल हुने वताएकाछन् । संघर्ष समितिले भने विगतमा पनि कार्यपालिका सदस्य पोसि शेर्पाले कमजोरी गरेको आरोप लगाएकोछ । यता पोसि शेर्पा भने आफुले गल्ति नगरेको वताएकीछिन् ।

समुहमा आवश्यक सामान समुहका अध्यक्षको फुर्सद नमिलेका कारण आफुले ढुवानि गरेको वताउदै शेर्पाले सामान मैलेनै खरदि गरेको हु त्यहि पनि समुहको अध्यक्ष नभ्याएर यहि भञ्ज्याङ श्यामशिलामा विल त म सग छैन यहि हो म विल पनि ल्याउन सक्छु यति हो योजनाको पैसा मैले वजारमादिनु गल्ति भयो । यता संघर्ष समितिले भने वुधवार वाटै उचित छानविनकाे माग सहित वडा कार्यलयमा अनिश्चित कालका लागि ताला वन्दि गरीसकेकोछ ।




No active ad available.