2nd May 2026, Saturday

पूर्वदेखि पश्चिम महाकालीसम्म Gen Z एकता अभियान कार्यक्रम भाेजपुरमा सम्पन्न

5 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भाेजपुर, १९ कार्तिक २०८२ – “परिवर्तनको अभियान” अन्तर्गत संचालन भएको Gen Z United Movement को कार्यक्रम भाेजपुरमा सम्पन्न भएको छ। भाेजपुर सदरमुकामस्थित टुडिखेलमा आयोजित कोण सभा

कार्यक्रमको मुख्य नारा "यदि Gen Z एक भएन भने, सहिदका आमाहरू सधैं भाैतारी रहनेछन्, घाइते हृदयहरू कहिले निकाे हुने छैन, र नेपाल आमाका आशुहरू कहिले सुक्ने छैन।" भन्ने रहेकाे थियाे ।


कार्यक्रममा सहभागीहरूले २०३६ का धनकुटा छिन्ताङ काण्ड र २०५२ देखि सुरु भएको माओवादी जनयुद्ध सँगै पछिल्ला Gen Z आन्दाेलन , आम युवाहरू र नागरिकका अपेक्षा र त्यसमाथि राज्यको संवोधनबारे नाटक प्रस्तुत गरेका थिए । नाटकमा ऐतिहासिक घटनालाई समेट्दै युवापुस्ताले सिक्नुपर्ने पाठ र सामाजिक जिम्मेवारीको सन्देश दिइएको थियो।


कार्यक्रममा जनवादी गीतमा नृत्य समेत गरिएको थियो। वक्ताहरूले जेनेरेशन जेडबीच एकताको महत्व, सामाजिक परिवर्तनका लागि सक्रिय भूमिका, र देशको विकासमा युवाहरूको सहभागिताबारे विस्तृत रूपमा चर्चा गरे। सहभागीहरूले वर्तमान र भविष्यको पुस्ताले ऐतिहासिक अनुभवबाट सिक्दै समाजमा न्याय र समानताका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।



यस अभियानले युवाहरूमा सामाजिक जिम्मेवारी, ऐतिहासिक बुझाइ, र परिवर्तनका लागि सक्रियताबारे नयाँ चेतना जगाएको सहभागी हरुले वताएकाछन् ।





No active ad available.


No active ad available.