News by: काठमाण्डाै
No active ad available.
काठमाडौं । प्रधानमन्त्रीको हालै सम्पन्न चीन भ्रमणलाई लिएर पूर्वमन्त्री तथा नेता सुदन किराँतीले प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत नेता किराँतीले लिपुलेकसम्बन्धी प्रचार र चीनसँगको सहमतिका विषयमा शंका व्यक्त गर्दै सरकारलाई स्पष्ट पार्न आग्रह गरेका हुन्।
उनले प्रधानमन्त्रीको भ्रमणसँगै लिपुलेकसम्बन्धी विषयमा गरिएको प्रचारले अनावश्यक भ्रम सिर्जना गरेको दाबी गरेका छन्। "यदि त्यो कूटनीतिक विषय नै हो भने त्यसबारे स्पष्ट पार्नुपर्छ, अन्यथा यसले लहड, उत्साह र भावनामा मात्र सीमित भई दीर्घकालीन असर पुर्याउनेछ," उनले लेखेका छन्।
किराँतीले प्रधानमन्त्रीको प्रचारजस्तै चीन र भारतबीच भएको सहमति चीनले फिर्ता लिन्छ कि भन्ने प्रश्न समेत गरेका छन्। साथै उनले नेपालको नयाँ नक्सा विद्यालयको पाठ्यक्रमबाट हटाइएको प्रसंग उठाउँदै, "अब त्यसलाई फेरि समावेश गर्ने हिम्मत सरकारले गर्न सक्छ कि सक्दैन?" भन्ने चुनौतीसमेत दिएका छन्।
यस्तै, चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई समर्थन गर्नेबारे पनि उनले प्रश्न उठाउँदै, यसले नेपालको संविधान विपरीत असर पार्ने त होइन भन्ने जिज्ञासा राखेका छन्।नेता किराँतीको यस अभिव्यक्तिले प्रधानमन्त्रीको चीन भ्रमणबारे नयाँ बहस सुरु भएको छ।
किरातिकाे फेसवुक पाेष्ट -
प्रधानमन्त्री ज्यूको चीन भ्रमण सन्दर्भ !
"सम्माननीय प्रधानमन्त्री ज्यू,
तपाईको चीन भ्रमणसँगै लिपुलेकसँग सम्बन्धित विषयलाई अतिरन्जीत प्रचार मार्फत तपाईलाई भगवान बनाउने गलत प्रयास भएको थियो तर क्रमश:आइरहेको प्रतिक्रियाले कतै हाम्रो घाँटीमा हड्डी अड्किएको त होइन ? भन्ने भयङ्कर संशय पैदा भैरहेको छ । यदी त्यस्तो हो भने कुटनीति भन्ने विषय कुनै लहड, उक्साहट र भावनाको सिमा भित्र मात्रै सिमित हुँदैन रहेछ । बाँकी समयले पर्दा खोल्दै लैजाला ।
- प्रधानमन्त्री ज्यू, प्रचार गरे जस्तै हो भने के अब चीन र भारत बीच भएको सहमति चीनले फिर्ता लिन्छ ?
- तपाई साँच्चै राष्ट्रियता र लिपुलेक सम्बन्धमा इमान्दर हुनुहुन्छ भने नेपालको चुच्चे नक्सा राखिएको पाठ्यक्रम छाप्दा छाप्दै वेपत्ता भएको थियो । अब त्यसलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्ने हिम्मत गर्नु हुन्छ ?
- सैन्य गठबन्धन जि.एस.आई. लाई समर्थन गरेको कुरा चिनियाँ सरकारले भन्यो के साँच्चै तपाई संविधानको विरुद्ध जानु भएको हो ? प्रष्ट्याउनु पऱ्यो । धन्यवाद ।"
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’