News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोजपुर जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका लागि अजम्बर राई काङमाङलाई जिताएर संसद् पठाउन भोजपुरे जनतालाई आग्रह गर्नुभएको छ।
शुक्रबार काङमाङलाई प्रतिनिधि सभा सदस्य पदका लागि आधिकारिक उम्मेदवारी (टिकट) प्रदान गर्दै अध्यक्ष प्रचण्डले भोजपुरमा सशक्त, जुझारु र जनआधारित कम्युनिष्ट नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले काङमाङ त्यस्तो नेतृत्वका लागि उपयुक्त पात्र रहेको बताउँदै निर्वाचनपछि बन्ने सरकारमा उहाँको कुनै न कुनै महत्वपूर्ण भूमिका रहने संकेत पनि गर्नुभयो।
टिकट हस्तान्तरण समारोहमा अध्यक्ष प्रचण्डले काङमाङलाई जनताको पक्षमा निडर भएर लड्न सक्ने नेता भएको उल्लेख गर्दै भोजपुरको विकास, परिवर्तन र जनअपेक्षा पूरा गर्न सक्ने क्षमता उहाँमा रहेको धारणा व्यक्त गर्नुभयो।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट भोजपुर जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका लागि काङमाङले अध्यक्ष प्रचण्डको हातबाट आधिकारिक टिकट प्राप्त गर्नुभएको हो।
टिकट प्राप्त गरेपछि काङमाङले पार्टीले दिएको जिम्मेवारीलाई गम्भीरताका साथ ग्रहण गर्दै भोजपुरको हकहित, समस्या र जनआवाज संसदसम्म सशक्त रूपमा पुर्याउने प्रतिबद्धता जनाउनुभएको छ।
यससँगै भोजपुरमा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन थप चासोको विषय बनेको छ। नेकपाले चुनाव चिह्न ‘तारा’ मार्फत जनताको समर्थन जुटाउने तयारी तीव्र पारेको छ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’