24th August 2026, Monday

प्रमाणपत्र वितरणमा चर्को शुल्क असुलीविरुद्ध अखिल क्रान्तिकारीको ध्यानाकर्षण

5 दिन अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image
भोजपुर । भोजपुरका माध्यमिक विद्यालयहरूले एसईई तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीबाट मार्कसिट र चारित्रिक प्रमाणपत्र वितरणका नाममा चर्को शुल्क असुल्ने गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भोजपुरले जिल्लाका नौवटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण गराएको छ।

अखिल क्रान्तिकारी भोजपुरका जिल्ला अध्यक्ष सन्तोष राईको हस्ताक्षर रहेको ज्ञापनपत्र मंगलबार जिल्लाका नौवटै स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाई, भोजपुरमा एकैसाथ बुझाइएको हो।

ज्ञापनपत्रमा कतिपय विद्यालयले प्रमाणपत्र वितरणका नाममा विद्यार्थीबाट १३ हजार रुपैयाँसम्म शुल्क असुलिरहेको उल्लेख गरिएको छ।

संविधानले आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेकाले विद्यार्थीबाट यसरी चर्को शुल्क असुल्नु संविधानप्रदत्त मौलिक हकविपरीत भएको संगठनको दाबी छ।

चर्को शुल्कका कारण विद्यार्थी तथा अभिभावकलाई आर्थिक भार परेको भन्दै अखिल क्रान्तिकारीले तत्काल अनुगमन तथा नियमन गरी प्रमाणपत्र वितरणका नाममा भइरहेको शुल्क असुली रोक्न माग गरेको छ।

मुख्य समाचार

No active ad available.


No active ad available.