1st May 2026, Friday

९८औँ जन्मोत्सवमा विद्यालयलाई पानीट्यांकी र धारा हस्तान्तरण

3 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुर । भोजपुर नगरपालिका–८ स्थित श्री सरस्वती आधारभूत विद्यालय परिसरमा दिवंगत हजुरआमा रुपछिमी प्रधानको स्मृतिमा हजुरबुबा उजिर बहादुर प्रधानले आफ्नो ९८औँ जन्मोत्सवको अवसर पारेर विद्यालयलाई ५ हजार लिटर क्षमताको RCC पानीट्यांकी र पाँच वटा बालमैत्री धारा निर्माण गरी हस्तान्तरण गर्नुभएको छ।

सोमबार आयोजित कार्यक्रममा निवर्तमान वडा अध्यक्ष गोपाल कार्की प्रमुख आतिथ्यतामा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, सालेप समिति, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा निर्माण सम्पन्न संरचना औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गरिएको हो।

यसै अवसरमा उक्त विद्यालयका पूर्व विद्यार्थी डा. बिनोद पराजुलीबाट रु. २० हजार नगद सहयोग प्राप्त भएको जानकारी दिइएको छ। प्राप्त रकमबाट विद्यार्थीहरूलाई टोपीलगायत शैक्षिक सामग्री वितरण गरिएको थियो।

विद्यालय परिवारले स्वच्छ खानेपानीको स्थायी व्यवस्था भएकोमा दाता परिवारप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीको स्वास्थ्य, सरसफाइ र पठनपाठन वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रम २०८२ पौष २८ गते सोमबार सम्पन्न भएको हो।


No active ad available.


No active ad available.