13th June 2026, Saturday

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुर को वार्षिक साधारण सभा सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित

3 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुर को वार्षिक साधारण सभा सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित
भोजपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुर को वार्षिक साधारण सभा सम्पन्न भएको छ । महासंघका अध्यक्ष ध्रुव सुवेदी को अध्यक्षतामा सम्पन्न साधारण सभामा पत्रकारिता तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा महासंघका पूर्व सभापति/अध्यक्ष शाहीमान राई लाई विशेष सम्मान गरिएको छ । त्यस्तै, श्रेष्ठ मनमाया अमर पुरस्कार–२०८१ बाट अवतारमान राई तथा श्रेष्ठ मनमाया अमर पुरस्कार–२०८२ बाट गणेश विष्ट सम्मानित हुनुभएको छ ।
यसैगरी, तिलकबहादुर मनमाया राई पर्यटन पुरस्कारबाट मिडन मगर पुरस्कृत हुनुभएको छ । साथै, लोकनाथ दाहाल स्मृति खोज पत्रकारिता पुरस्कारबाट पनि मिडन मगर सम्मानित हुनुभएको थियो ।
साधारण सभामा शाखाको आर्थिक प्रतिवेदन शाखाका कोषाध्यक्ष मोहन तामाङ ले प्रस्तुत गर्नुभएको थियो भने सांगठनिक प्रतिवेदन शाखाका सचिव विवेक राई ले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै शाखाको आगामी गतिविधि, पत्रकारको पेशागत सुरक्षा तथा संगठन सुदृढीकरणका विषयमा समेत धारणा राखिएको थियो ।
कार्यक्रममा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी र सिर्जनात्मक कार्यका लागि शुभकामना व्यक्त गरिएको थियो ।

No active ad available.


No active ad available.