News by: खुल्लाआवाज संवाददाता
No active ad available.
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को महासचिव पदमा सन्दीप सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । नेपालका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रीय छाता संगठन नेफ्स्कूनको निर्वाचन सहितको ३२ औं साधारणसभामा आफु महासचिवको दावेदार रहेको सापकोटाले बताए ।
संघको बहालवाला संचालक समेत रहेका सापकोटा विगत २५ वर्ष देखि सहकारी अभियानमा कृयाशिल छन । यहि पौषको ७ र ८ गते काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गईरहेको वार्षिक साधारण सभामा देशभरका बचत तथा ऋण सहकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीमा आगामी चार वर्षे कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन हुँदै छ ।
सहकारी अभियान भित्रको मजवुद संघको रुपमा स्थापित नेफ्स्कूनको आसन्न निर्वाचनलाई लियर अभियान भित्र भावी नेतृत्वको विषयमा विभिन्न अडकलवाजीहरु चलिरहेका छन । उसो त तिन ठुला राजनीतिक दलहरुको बाहुल्यता रहेको संघमा विशेष गरी नेकपा एमाले र नेपाली काङग्रेसले नेतृत्वमा आ–आफ्नो दावी यस अघिनै प्रस्तुत गरिसकेका छन ।
सापकोटा वर्तमान नेफ्स्कून संचालक समिति भित्र विवाद रहित पात्रको रुपमा चिनिन्छन । राष्ट्रिय सहकारी विकास वोर्डको कार्यकारी सदस्य सहित राष्ट्रिय युवा परिषदको समेत सदस्य रहेका सापकोटा नेफ्स्कूनको लुम्विनी प्रदेश प्रमुख समेतको जिम्मेवारीमा छन । उनी माओवादी निकट मानिन्छन् । आसन्न नेफ्स्कून निर्वाचनमा निर्णायक शक्तिको रुपमा हेरिएको माओवादी केन्द्रले हालको वर्तमान सत्ता साझेदार दल नेपाली काङग्रेस वा नेकपा एमाले मध्ये को सँग गठवन्धन गर्ने हो भन्ने चासोका साथ हेरिएको छ ।
“ मुख्य विषय गठवन्धनको भन्दा पनि पछिल्लो समय साकोस अभियानमा देखिएको अविश्वास र अभियान भित्रको शुद्धिकरण हो । ” सापकोटाले भने, “ राज्य सँग नीतिगत वहस पैरवी र अभियानलाई सहि दिशामा दोहोर्याउन सक्ने नेतृत्वसँग पार्टी नेतृत्वले छलफल गरी कार्यगत एकताको विषय टुङग्याईने छ । ”
नेफ्स्कूनको ३२ औं साधारण सभाबाट संघको विनियममा व्यवस्था भए बमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष सहित १९ जनाको संचालक समिति र लेखा सुपरिवेक्षण समिति संयोजक सहित तिन सदस्यिय लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन हुँदैछ । हाल नेफ्स्कूनमा करिब पाँच हजार बचत तथा ऋण सहकारी संघ संस्था आवद्ध हुनुका साथै २५ अरब माथिको वित्तिय कारोवार गर्दै आईरहेको छ ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना