13th April 2024, Saturday

मोटरसाईकल चोरीमा संलग्न एक जना पक्राउ

3 हप्ता अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुर, चैत्र ८

मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । चाेरी भएकाे माेटर साईकल सहित जिल्ला प्रहरीकार्यालय भाेजपुरले चखेवा सडक खण्ड वाट चन लामा भनिने छिरिङ ग्याम्वाेलाई पक्राउ गरेकाे हाे ।

गत आईतबार भोजपुर- ५ का ३० बर्षीय विजय राईको भोजपुरको भोजपुर नगरपालिका- ३ बाट को. २४ प ८३५८ नम्बरको पल्सर मोटरसाईकल पार्किङ गरि राखेको ठाउँबाट चोरी भएको थियो ।

चोरी भएको मोटरसाईकलको खोजतलासमा खटिएको प्रहरी टोलीले चखेवा सडक खण्डबाट उक्त मोटरसाईकल सहित चोरीमा संलग्न भारत मनिपुर स्थायी घर भई हाल जिल्ला सिरहा गोलबजार बस्दै आएका ३१ बर्षीय चन लामा भन्ने छिरिङ ग्याम्बोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाेछ ।



No active ad available.