12th June 2026, Friday

मनसुन लम्वियाे, वाहिरिन एकहप्ता लाग्ने

1 वर्ष अगाडी

News by: काठमाण्डाै

No active ad available.

Post Image

यसपालिको मनसुन लम्बिएको छ। बाहिरिन कम्तीमा एक साता लाग्ने मौसमविद् विनोद पोखरेलले बताएका छन्।

भारतको आसाम, मेघालयमा बनेको न्यूनचापीय प्रणाली अहिले नेपालको मौसममा देखिएको छ। मनसुन सक्रिय रहेकै अवस्थामा भित्रिएको त्यस प्रणालीले अहिले कोशी, बागमती र गण्डकीसम्मै प्रभाव विस्तार गरेको छ।

‘पछिल्लो २४ घण्टामा गण्डकीदेखि कोशीसम्म हल्कादेखि मध्यम वर्षा भएको छ। आज थप वर्षा हुनेछ,’ त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सहप्राध्यापकसमेत रहेका पोखरेल भन्छन्।

उनकाअनुसार भोलि मनसुन सुस्त हुने सम्भावा छ। ‘मनसुन फिर्ता हुन अझै एक साता लाग्ने अनुमान छ,’ उनले भने।

वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पनि मनसुन बाहिरि ढिला हुने बताएकी छिन्। उनले पनि कम्तीमा असोज २१ गतेसम्म मनसुन रहने यसअघि नै बताएकी थिइन्।


No active ad available.


No active ad available.