News by: Khulla Awaj
No active ad available.
शारदा तामाङ, भोजपुर
महिला मानव अधिकार रक्षक सञ्जाल भोजपुरको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। लिला माया तामाङको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।
अधिवेशनबाट दिपा सुवेदी अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएकी छन्। त्यस्तै उपाध्यक्षमा देवी सुन्दास, सचिवमा संगिता विश्वकर्मा, सह–सचिवमा उषा कार्की, कोषाध्यक्षमा अम्बिका कार्की निर्वाचित भएका छन्।
त्यस्तै सदस्यमा गीता खतिवडा, फूलमाया तामाङ, राधिका उदास र शारदा तामाङ चयन गरिएको नव–निर्वाचित अध्यक्ष दिपा सुवेदीले जानकारी दिएकी छन्।
सञ्जालले सल्लाहकार समितिमा सविना राई, सुशिला तामाङ र मनिका राईलाई चयन गरेको छ।
यस्तै केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि रूपमा लिला माया तामाङको नाम सर्वसम्मत रूपमा छनोट गरिएको छ।
नव–गठित कार्यसमितिको कार्यकाल ३ वर्षको रहने छ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’