13th February 2025, Thursday

लक्ष्मी पुजाको दियो वाट आगलागि, छव्वीसलाख भन्दावढिको क्षति

1 वर्ष अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

लक्ष्मी पुजाको लागि बालिएको दियोबाट आगोलागी हुदाँ भोजपुरमा साढे २६ लाख बढीको क्षति भएको छ । भोजपुर नगरपालिका वडा नम्वर ८ पोखरे बरबोटका ज्ञानराज बिष्टको घरमा लक्ष्मी पुजा गर्न बालिएको दियोबाट आगो लाग्दा २६ लाख ५८ हजार बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकोछ । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दल बहादुर राईले जानकारी दिनुभयो । आगोलागीबाट ईटा माटोबाट बनेको दुई तले घर जलेको छ भने घर भित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन, तीन तोला सुनका गरगहना, चाँदी २ तोला र नगद १५ हजार समेत जलेर नष्ट भएको प्रहरी निरीक्षक राईले बताउनुभयो । आइवार बेलुका पौने नौ बजेबाट शुरु भएको आगो राती १० बजे जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गण, स्थानीयवासी र दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगोलागीबाट बिष्टको परिवार समस्यामा परेको छ ।



No active ad available.