News by: Khulla Awaj
No active ad available.
खोटाङ । टिकाको दिनदेखि बेपत्ता बनेकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क बसेरीका ६८ वर्षीय जैसीमायाँ ढुंगानाको खोजीका लागि तालिम प्राप्त कुकुर सहितको प्रहरी परिचालन भएका छन् ।
कात्तिक ७ गतेका दिन आफन्तको घरमा टिका लगाएर घर फर्कने क्रममा वेपत्ता बनेकी बृद्धाको खोजीका लागि शनिबारदेखि अनुसन्धान गर्ने तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचान गरिएको हो ।
प्रहरी र स्थानीयले चार दिनसम्म पनि नभेटेपछि प्रदेश प्रहरी कार्यालय के–नाइन शाखाबाट अनुुसन्धान गर्ने दुई वटा कुकुर ल्याएर वेपत्ताको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए
श्रीमान शिवप्रसाद ढुंगानासँग आफन्तको घरमा टिका लगाएर फर्कने क्रममा जैसीमायाँ बेपत्ता भएकी थिईन् । घरभन्दा करिब दुई÷तीन मिनेटमाथि डाँडाबाट श्रीमान शिवप्रसाद अघि लागेर घर झरेको तर केही पछि छाडिएकी जैसीमायाँ १५–२० मिनेटसम्म नआएपछि खोजी गर्दा कतै फेला नपरेको नाती सुनिल ढुंगानाले बताए ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’