18th February 2026, Wednesday

खोटाङमा बेपत्ता बृद्धाको खोजीमा तालिम प्राप्त कुकुर सहितको प्रहरी परिचालन

2 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

खोटाङ । टिकाको दिनदेखि बेपत्ता बनेकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क बसेरीका ६८ वर्षीय जैसीमायाँ ढुंगानाको खोजीका लागि तालिम प्राप्त कुकुर सहितको प्रहरी परिचालन भएका छन् । 

कात्तिक ७ गतेका दिन आफन्तको घरमा टिका लगाएर घर फर्कने क्रममा वेपत्ता बनेकी बृद्धाको खोजीका लागि शनिबारदेखि अनुसन्धान गर्ने तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचान गरिएको हो । 

प्रहरी र स्थानीयले चार दिनसम्म पनि नभेटेपछि प्रदेश प्रहरी कार्यालय के–नाइन शाखाबाट अनुुसन्धान गर्ने दुई वटा कुकुर ल्याएर वेपत्ताको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए 

श्रीमान शिवप्रसाद ढुंगानासँग आफन्तको घरमा टिका लगाएर फर्कने क्रममा जैसीमायाँ बेपत्ता भएकी थिईन् । घरभन्दा करिब दुई÷तीन मिनेटमाथि डाँडाबाट श्रीमान शिवप्रसाद अघि लागेर घर झरेको तर केही पछि छाडिएकी जैसीमायाँ १५–२० मिनेटसम्म नआएपछि खोजी गर्दा कतै फेला नपरेको नाती सुनिल ढुंगानाले बताए ।


No active ad available.


No active ad available.