News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भाेजपुर जिल्लामा सञ्चालन हुने खुल्ला मेयर कप महिला फुटबल प्रतियोगिता चैत्र २० बाट हुने भएकाेछ ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा खुला मेयर कप महिला फुटबल प्रतियोगिताकाे सातौ संस्करणको खेल शुरु हुने भएको हाे ।
चैत्र २० गतेबाट चैत्र २३ गतेसम्म भोजपुर नगरपालिका वडा नम्वर ७, कोदारमा रहेको रंगशालामा प्रतियोगिता हुन लागेको हो ।
गत बर्ष जस्तै यस बर्ष पनि प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रबिण सुवालले जानकारीदिए।
प्रतियोगितामा विजेता हुने टिमले नगद एक लाख पाँच हजार पाँच सय ५५ रुपैया र उपविजेता टिमले नगद ५१ हजार पाँच सय ५५ पाउने छन भने ब्यक्तिगत बिधा तर्फका पुरस्कारको पनि ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
गत बषर्कोको छैटौ संस्करणमा सप्तरीको नवोबुद्ध युथ क्लव बिजेता भएको थियो भने इलामको ओएसिस क्लव उपबिजेता बनेको थियो ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना