1st May 2026, Friday

काठमाडौंसहित वीस जिल्लामा बाढीको ‘रेड अलर्ट’

6 महिना अगाडी

News by: काठमाण्डाै

No active ad available.

Post Image

बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) काठमाडौंसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ। शुक्रबार साँझदेखि निरन्तर वर्षा भइरहेकोले डुबान र बाढीको अति उच्च जोखिम बढेको भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको हो।


महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर र चितवन जिल्लामा बाढीको अति उच्च जोखिम रहेको छ।


यसैगरी इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु जिल्लामा पनि आज बाढीको उच्च जोखिम देखिएको महाशाखाले जनाएको छ।


त्यस्तै कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके र बर्दियामा रहेका ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम पनि रहेको चेतावनी जारी गरिएको छ।


महाशाखाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन, नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।




No active ad available.


No active ad available.