News by: Khulla Awaj
No active ad available.
भोजपुर । किरात राई पत्रकार संघको छैटौँ केन्द्रीय अधिवेशनबाट अवतार राई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
भोजपुरको पर्यटकीय क्षेत्र टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुस्थित गोठेसिंह होमस्टेमा असोज ७ गते आयोजित अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो। उद्घाटन सत्रमा किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
उद्घाटन सत्रपछि बेलुका सुरु भएको बन्द सत्रले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। निर्वाचन मण्डलका अधिकृत तथा किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईका अनुसार अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।
निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रीता राराहाङ राई तथा उपाध्यक्षमा विशाल राई र बुद्धि चाम्लिङ निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा नुनुता राई तथा सचिवमा राजकुमार इशारा राई, विवेक राई र दिलबहादुर राई चयन भएका छन्।
कोषाध्यक्षमा धनबोल राई निर्वाचित भएका छन् भने सदस्यहरूमा बबिता चाम्लिङ, प्रदीपचन्द्र राई र तेज किराती चयन भएका छन्।
नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका सचिव भद्रगोल चाम्लिङले जानकारी दिए।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’