17th August 2026, Monday

करेन्ट हट एण्ड स्पाइसीको निश्चित ब्याचबाहेक अन्य उत्पादन खान योग्य

2 महिना अगाडी

News by: खुल्ला आवाज, काठमाण्डाै

No active ad available.

Post Image

काठमाडौं । यशोधा फुड्स प्रालिले ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउको एक निश्चित ब्याचमा मात्र गुणस्तर सम्बन्धी समस्या देखिएको र सो बाहेकका अन्य सबै उत्पादन उपभोगका लागि सुरक्षित रहेको जनाएको छ।

कम्पनीले जारी गरेको सूचनाअनुसार ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम प्याकेटको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३–०४ए मा मात्र समस्या देखिएको हो। उक्त ब्याचबाहेक अन्य मितिमा उत्पादन भएका तथा फरक ब्याच नम्बर रहेका सबै उत्पादन खान योग्य रहेको कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीका अनुसार खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख भएको ब्याच नम्बर ०४ए का उत्पादनमा मात्र गुणस्तरसम्बन्धी विषय उठाइएको हो। सोही आधारमा कम्पनीले उक्त ब्याचका उत्पादन बजारबाट फिर्ता गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

यशोधा फुड्सले उपभोक्ता, विक्रेता तथा आधिकारिक बिक्रेताहरूलाई ब्याच नम्बर २०२६/०२/२३–०४ए का उत्पादनहरू बिक्री तथा उपभोग नगर्न आग्रह गरेको छ। साथै, सो बाहेकका अन्य ब्याचका उत्पादनहरू निर्धक्क रूपमा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।



मुख्य समाचार

No active ad available.


No active ad available.