News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुर बहुमुखी क्याम्पसमा आर्थिक विषयलाई लिएर भएको गलत प्रचारको क्याम्पस प्रशासनले खण्डन गरेको छ ।
आईतवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै विज्ञप्ति मार्फत क्याम्पस प्रशासनले गलत प्रचारको खण्डन गरेको हो ।
सामाजिक सञ्जाल लगायत केही अनलाइन पेजमा आएको गलत खबरले बौद्धिक थलो मानिने शैक्षिक संस्थामाथि प्रहार गरेको प्रेस विज्ञप्ति मार्फत ठहर गरेको छ ।
पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा.पर्वतकुमार राईले आर्थिक वर्ष २०८१⁄०८२ मा भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पुर्व क्याम्पस प्रमुख भुलानाथ राईले ६ महिना र बाकी ६ महिना आफनो कार्यकालमा भए गरेका योजना तथा खर्चका विषयमा प्रष्ट पार्दै कार्भयकालमा भएका राम्राे र नराम्रा काम दुवैकाे जिम्मेवारी लिनुपर्ने वताउदै राईले विज्ञप्ती मार्फत पछिल्लाे समय सामाजिक सञ्जालमा आएका तथ्यहिन टीका टिप्पणि र आराेपकाे खण्डन गरेकाछन ।
तत्कालिन क्याम्पस प्रमुख भुलानाथ राईले आर्थिक वर्ष ०८१/८२ मा पुँजीगत खर्चका लागि प्रश्तावित रु. १७ लाखको बजेट प्रस्ताव गरेकाे देखिएकाेे छ ।
जसमध्ये फर्निचर र पुस्तक खरिदका लागि रु. ६ लाख ५० प्रस्तावित वजेट रहेकाे र त्रिवि सग बीस लाख वजेट माग गरे पनि माग गरिएकाे वजेट हाल सम्म क्याम्पसले प्राप्त नगरेकाे उल्लेख गरिएकाेछ ।
विनियाेजित वजेट तथा श्राेतकाे विषयमा सत्यतथ्य भन्दा बाहिर गएर सामाजिक सञ्जालमा भ्रमपुर्ण झुटा प्रचारवाजि गरिएकाे विज्ञप्तिमा उल्लेख गरिएकाेछ ।
फर्निचर खरिदको सन्दर्भमा पुर्व क्याम्पस प्रमुख राईकाे पालामा २६ लाख बराबरको फर्निचर ल्याइने भन्ने प्रचार भयो, तर यथार्थमा न त त्यति बजेट थियो, न त खरिद प्रक्रिया नै स्पष्ट। आन्तरिक स्रोतहरूबाट पनि कुनै रकम जुटाउन नसकिएको देखिन्छ।
वर्तमान क्याम्पस प्रमुख डा. पर्वत कुमार राईले अन्ततः थोरै भए पनि आवश्यक फर्निचर खरिद भएको र बाँकी रकम बैंकमै सुरक्षित रहेको बताएकाछन् ।
क्याम्पस आन्तरिक बजेट ६ लाख ५० हजार रहेको र सोही बजेटबाट २ लाख ६७ हजार बढीमा फर्निचर खरिद गरेको जानकारी दिनु भयो ।
बाहिर विभिन्न व्यक्तिहरुले २६ लाख ५० हजारको दुरुपयोग गरेको भन्ने भ्रमपुर्ण खबर गलत भएको जिकिर गर्दै उहाले क्याम्पसले केन्द्रिय बजेट २० लाख प्राप्त गरि नसकेको जानकारी दिए।
यस्तै क्याम्पसमा देखिएको बेतिथिका विषयमा विभिन्न विद्यार्थी संगठनहरुसंग छलफल गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पसमा पछिल्लो समय बढिरहेको विवाद आखिर कहिले सम्म ? भन्ने पत्रकारको प्रश्नमा क्याम्पस प्रमुख डा. राईले छलफल र सकारात्मक संवादद्धारा विवाद समाधान हुने बताएकाछन् ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’