12th March 2026, Thursday

एमालेका पुराना नेता नन्दकुमारसहित सिन्द्राङका अगुवा नेता नेकपामा प्रवेश

1 हप्ता अगाडी

News by: खुल्ला आवाज

No active ad available.

Post Image

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिका ३ सिन्द्राङका पुराना एमाले नेता नन्दकुमार राई सहित कांग्रेसका नेताहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

एमाले नेता राईसँगै कांग्रेसका अगुवा नेताहरु राजेन्द्रकुमार राई र पुर्णकुमार राई नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
एमाले तथा कांग्रेसका नेताहरुलाई नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका भोजपुर जिल्ला उम्मेदवार अजम्बर काङमाङ राईले खादा अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुहुँदै एमाले नेता राईले भरोषा गरेका नेताहरुप्रति विश्वास टुटेकाले एमाले परित्याग गरेको बताउनुभयो ।
उहाँले आफु ३३ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्द भएकाले अहिले नेकपा रोजेको प्रतिकृया दिनुभयो । नेकपामा समेत भरोषा टुटे राजनीतिबाट टाढा रहने राईको भनाई छ ।

यता कांग्रेसबाट प्रवेश गरेका राजेन्द्र र पुर्णकुमारले समेत मुलुक जटिल अबस्थामा पुगेको भन्दै नेकपाबाहेकका पार्टीको औचित्य सकिएकोले आफुहरु नेकपामा समाहित भएको प्रतिकृया दिए ।

प्रवेश गरेका एमाले तथा कांग्रेस नेताहरुले नेकपा उम्मेदवारलाई बिजयी बनाउन आफुहरु हतुवागढीमा कृयाशिल रहने प्रतिबद्दता जनाए ।

प्रवेश गरेका नेताहरुलाई उचित जिम्मेवारी दिने नेकपाका केन्द्रिय सदस्य नगेन्द्र राईले बताउनुभयो ।

No active ad available.


No active ad available.