21st November 2025, Friday

चखेवा खानेपानी आयोजना निर्माण हुने

2 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुर – भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका–स्थित चखेवा खानेपानी आयोजना निर्माण कार्य गोर्खा वेलफेयर ट्रस्ट (GWT) मार्फत सम्पन्न हुने भएको छ ।

टेम्के मैयुङ गाउपालिकाका अध्यक्ष सराेज वस्नेतले आफ्नाे फेसवुक बाल मार्फत सो आयोजना यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी टेम्के मैयुङ गाउँपालिका, स्थानीय उपभोक्ता समिति र गोर्खा वेलफेयर ट्रस्टबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

आयोजना निर्माणपछि सो क्षेत्रका स्थानीयवासीलाई दीर्घकालीन रूपमा सुरक्षित र शुद्ध खानेपानी उपलब्ध हुने विश्वास गरिएको छ ।

सम्झौतापछि गाउँपालिकाले गोर्खा वेलफेयर ट्रस्टप्रति आभार व्यक्त गर्दै आयोजनाले गाउँमा खानेपानी अभाव समाधान गर्न ठूलो मद्दत पुग्ने जनाएको छ ।






No active ad available.


No active ad available.