News by: Khulla Awaj
No active ad available.
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–५ ढकालगाउँस्थित भित्री सडकखण्डमा भिरबाट ठूलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको छ।
शनिबार साँझ करिब ५ः३० बजे याकुबाट फालिटारतर्फ जाने सडकमा भिरबाट ठूलो ढुङ्गा खसेर बाटो अवरुद्ध भएको हो।
बाटो अवरुद्ध भएको जानकारी साँझ ६ः२० बजे प्रहरी चौकी याकुबिर्तामा प्राप्त भएपछि प्रहरी सहायक हवल्दार हरिनन्दन ठाकुरको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
प्रहरी टोलीले घटनास्थलमा पुगेर हेर्दा भिरबाट ठूलो ढुङ्गा खसेर सडक अवरुद्ध भएको पाइएको थियो। उक्त स्थानमा थप ठूलो ढुङ्गा खस्ने सम्भावना समेत रहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि यातायात सञ्चालनमा समस्या भएको छ। थप ढुङ्गा खस्न सक्ने जोखिम रहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’