31st January 2026, Saturday

भोजपुरमा वित्तीय साक्षरता तथा सशक्तीकरण तालिम सम्पन्न

1 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुर । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडको आयोजनामा भोजपुरमा वित्तीय साक्षरता तथा सशक्तीकरण तालिम सम्पन्न भएको छ। तालिम मंसिर २८ र २९ गते सञ्चालन गरिएको हो।


‘सीप सिकौँ, उद्यमी बनौँ’ भन्ने नारासहित आयोजना गरिएको तालिममा महिलाहरूलाई वित्तीय साक्षरता, बचत तथा ऋणको सही उपयोग, उद्यम सञ्चालनका आधारभूत सीप, आत्मनिर्भरता र आर्थिक सशक्तीकरण सम्बन्धी जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।


तालिमले सहभागी महिलाहरूलाई आफ्नै सीप र स्रोतको सदुपयोग गरी उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्य राखिएको छ। कार्यक्रममा स्थानीय स्तरका महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो। उध्धम वनाउन सावुन वनाउने प्राविधिक तथा व्यवहारिक ज्ञान दिईएकाे आयाेजक महुलि लघुवित्त वित्तिय संस्था भाेजपुरका प्रमुख रभिलाल चाैधरिले जानकारिदिए ।


जिल्ला पत्रकार महासंघ भाेजपुरकाे सभाहलमा सम्पन्न तालिममा सदरमुकाम आसपास समुहका ३४ जना महिलाहरुकाे सहभागिता रहेकाे थियाे ।






No active ad available.


No active ad available.